काठमाडौं । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए। नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए । चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको थियो ।शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ ।सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो ।दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।
यसैबिच ,प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन । सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णयका साथ एक आयोग बनाउने तयारी छ ।

