काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किपुल्चाः (किसिपिडि)मा गाईजात्रा सम्पन्न भएको छ ।
चन्द्रागिरिको एक ऐतिहासिक स्थल किसिपिडीको बिच भागमा रहेको पोखरी विशेषतः गाईजात्राको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यस दिन पोखरीमा गुठीका एक नाइकेले जिउँदो कुखुरालाई हातले निमोठेर टाउको छिनाई पोखरीमा फाल्छन र पोखरीमा कुखुराको टाउको फालिसकेपछि दुईजना हाःलाँखे (विशेष शक्ति भएका लाखे )ले दायाँबायाँ बाट तीनचोटि परिक्रमा गर्ने गरिन्छ ।
https://fb.watch/u4uv_6Q_8L/
बिभिन्न बाँजागाजाका साथ मनाइने यस जात्रामा स्थानियको उल्लेखनिय उपस्थिति रहने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय