काठमाडौं ।नागढुङ्गा प्रहरि र लागुऔषध नियन्त्रण ब्युरो सहितको टोलीले एक जनालाई पक्राउ गरेकाे छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धरान देखि काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५८८४ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा उक्त बस मा सवार झापा बारदसि गाँउपालिका वडा नं.०६ बस्ने ३५ बर्षिय सुरेश थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
थापाकाे साथबाट ९७.७ ग्राम लागुऔषध खैरो हिरोईन बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

