काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व सुरु भएको हो ।
दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि गाईजात्रा मनाइने गरिन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
https://fb.watch/u4v4UN7l21/
चन्द्रागिरिको थानकोट क्षेत्रमा गाइजात्रा पर्व मनाइएको हो।

