काठमाडौं । चन्द्रागिरि –९ मच्छेगाऊँमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान यज्ञ–२०८१ सुरु भएको छ ।
भक्ति वेदान्त भागवत प्रकाश, मानवता नैतिकता तथा मर्यादा विकास भन्ने भावनाका साथ श्रीमद्भागवत महापुराण सप्ताह सुरु गरिएको आयोजकले बताएको छ । यस भावनाको साथ प्रत्येक टोल र वस्तिमा भागवतमय अमृतरस वाणी प्रवाह गराउने उद्देश्यले सुरु भएको सप्ताहको बाचक युवा पण्डित देवनयन लामिछाने रहनुभएको छ । सप्ताहको पहिलो दिन बिहिबार कलश यात्रा का साथै कथा बाचन सुरु भएको छ । सप्ताहमा रुद्राभिषेक,नित्य पूजा,हवन,कथा वाचन साथै पाठपारायण,स्थानीय कलाकारद्वारा भजनकिर्तन गरिने छ । श्री राष्ट्रशान्ति ज्ञान महायज्ञ मूल आयोजक समिति रहेको सप्ताह मच्छेनारायण धार्मिक समाज समिति चन्द्रागिरि–९ मच्छेगाऊँको सहकार्यमा भएको हो ।
तस्बिर : रोशन आचार्य

