काठमाडौं ।सरकारले टिकटक प्रतिबन्ध खुलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। त्यस्तै, टिकटकलाई ३ महिनाभित्र मापदण्ड र प्रक्रिया पूरा गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

