काठमाडौं । बिहिबार बिहान चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्वुमा शंकास्पद बस्तु फेला पर्यो ।

सरकारी स्कुल बलम्बु मा.बि. नजिक फेला परेको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरियो । हरियो झोलाभित्र शंकास्पद रुपमा रहेको प्रेसर कुकर देखिएपछि स्थानियले प्रहरीलाइ खबर गरे । प्रहरीले उक्त शंकास्पद स्थानलाई सुरक्षित राखि नेपाली सेनाको बम डिस्पोज टोलिलाइ खबर गरेको थियो । त्यतिखेरसम्म उक्त स्थानका स्थानियहरु डर र त्रासमा थिए । सेनाको बम डिस्पोज टोलिले उक्त शंकास्पद बस्तुलाई डिस्पोज गर्दा फेला परेको शंकास्पद बस्तु बम नभएको पुष्टि भयो । प्रेसर कुकर रित्तो भेटिएको हो । यसैबिच उक्त शंकास्पद बस्तु बुधबार दिउसो २ युवकले छाडि हिडेको सिसिक्यामराको दुष्यमा देखिएको छ ।

 

उनिहरुले किन र के प्रयोजनका लागि त्यसो गरेका हुन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।उनिहरुको हुलिया अनुसार प्रहरीले उनिहरुको खोजि गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर