काठमाडौं । चन्द्रागिरी नगर स्तरीय द्वितिय डिडान तीज नृत्य प्रतियोगिता भाद्र ८ गते शनिबार आयोजना हुने भएको छ ।
नृत्य निर्देशक संघ नेपाल (डिडान)चन्द्रागिरि नगर कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा चन्द्रागिरि नगरपालिका क्षेत्रमा संचालित स्कुलका छात्राहरुको प्रस्तुति रहने छ । नृत्य हाम्रो अभियान,कला र संस्कृतिको पहिचान नाराका साथ स्थापित डिडानले आयोजना गर्ने तीज नृत्य प्रतियोगितामा ७ वटा मोन्टेस्वरी र सामुदायिक तथा संस्थागत सहित ३२ बिद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम चन्द्रागिरि –५ मा रहेको त्रिशक्ति पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

