काठमाडौं । चन्द्रागिरि-१४ आदर्शटाेल नजिक एक खाजा घरबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेकाे छ ।
शुक्रबार दिउसाे प्रहरीकाे टाेलीले चेकजाँच गर्दा उक्त पसलमा प्रेसर कुकर भित्र लुकाई छिपाई राखेको अवस्थामा गाँजाको धुलो (पोल्याण्ड)फेला परेकाेले उनिहरू पक्राउ परेका हुन ।प्रहरीले चन्द्रागिरी नगरपालिका -१४ कि ६४ बर्षिय पातली थिङ र २९ बर्षिय चाँदनी श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।उक्त पसलबाट गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३०० ग्राम साथै घरेलु मदिरा अन्दाजी १५० लिटर बरामद गरेकाे छ ।
उनिहरूले चन्द्रागिरि -१४ आदर्शटोल नजिक राम प्रसाद श्रेष्ठको घरको सटर भाडामा लिइ खाजा पसलकाे आवरणमा लागूऔषधकाे काराेवार गर्ने गरेकाले पक्राउ गरेको
प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय