चितवन। मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा शुक्रबार दिउँसो १ः५० बजे ढुङ्गा लागेको थियो । ढुङ्गा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएका हुन्। ढुङ्गा लागेपछि अत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको हो।
दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय