काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् ।
पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए ।उनले भने – ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’,भन्थ्यो भन्नुहोला, धेरै समय लाग्दैन, यो समीकरण भत्किन्छ ।’त्यो बेला दलहरु सरकार बनाइदिनुप-यो भन्दै माओवादी खोज्दै आउने समेत उनले बताए ।
तर माओवादी अब सरकारको खेलमा नलाग्ने उनको प्रतिवद्धता छ ।

