काठमाडौं । अन्तर्राष्ट्रिय राम कथा वाचिका देवी श्री चन्द्रकला सखी सोमबार मच्छेगाँउ आउनु भएको हो ।

https://www.youtube.com/watch?v=fkT3B5GQe9U

श्री राष्ट्रशान्ति ज्ञान महायज्ञ मूल आयोजक समिति र मच्छेनारायण धार्मिक समाज समिति चन्द्रागिरि–९ मच्छेगाऊँको सहकार्यमा बिहिबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा आउनु भएको चन्द्रकलालाई भव्य स्वागत गरिएको थियो । उहाँले चन्द्रागिरि ९ मा रहेको मच्छेनारायण भगबानको दर्शन गरेपछि महायज्ञ पुग्नु भएको थियो । चन्द्रकलाले यज्ञमा बिभिन्न मन्त्र,जिवन र जगतको महत्वका साथै कृष्ण अवतारको महिमा सुनाउनु भएको थियो । सुमधुर स्वर सहित उहाँले गायको भजनमा उपस्थितहरु मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय राम कथा वाचिका देवी श्री चन्द्रकला सखीलाई विषेश सम्मान गरिएको थियो । काठमाडौको कलंकीमा जन्मनु भएकी चन्द्रकलाले चन्द्रागिरिको मच्छेगाँउमा आउदा बालापनका यादहरु ताजा भएको बताउनु भयो ।
उहँले भन्नुभयो पौराणिक कालदेखिनै धार्मीक महत्व राखेको यस स्थानमा म बच्चामा साथिहरुसंग घुम्न आउथे ।

प्रतिक्रिया

सम्बन्धित खवर