काठमाडौं । चन्द्रागिरि –८ मातातीर्थमा हरितालिका तीजको अवसरमा महिला हिंसा तथा मानव बेचबिखन र ओसारपसार बिरुद्ध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।
वडा कार्यालयको आयोजना र महिला सशक्तिकरण नेपाल चनपा–८ को व्यबस्थापनमा कार्यक्रम भएको हो ।चन्द्रगिरि नगरपालिकाको उप प्रमुख बसन्ती श्रेष्ठले तीज बिशेष कार्यक्रममा महिला सचेतना मुलक कार्यक्रम,लंगिक हिंसा लगायतका प्रशिक्षण भएको बताइन ।वडा नम्बर ८ का वडाध्यक्ष प्रल्हाद रिजालले नगरका यस्ता कार्यक्रमले सकारात्मक परिणाम ल्याएको बताउदै केहि महिला बिरोधीतत्वले यस्ता कार्यक्रमको आवरणलाइ मात्र हेरेर सारलाइ गौण बनाएर समाजमा भ्रम छर्न खोजेको बताए । सहासी महिला नेपालले मानब बेचबिखन रोकथाम जनचेतना कार्यक्रम अन्तर्रगत नाटक प्रस्तुत गरेको थियो ।कार्यक्रममा सहासी महिला नेपालका निर्देशक भोलानाथ आचार्यले समाजमा कसरि महिला हिंसा भइरहेको छ र नेपालमा मानबबेचबिखनको अबस्था र रोकथामका लागि केकस्ता उपायहरु भइरहेका छन भन्ने बिषयमा जानकारी दिएका थिए ।महिलालाई लाग्न सक्ने स्तन,पाठेघर लगायतका क्यान्सर र ध्यानदिनु पर्ने अवस्था र रोग लागे के गर्ने भन्ने बिषयमा क्यान्सर विजेता सुर्यलक्ष्मी श्रेष्ठले अनुभव साटासाट गरेकी थिइन ।वरिष्ठ संचारकर्मी एवं मनोपरामर्शदाता रचना सिंहले जिवन उयोयोगि परामर्श दिएकी थिइन ।वडा नम्बर ८की महिला सदस्य सबना बानियाँले धर्म संस्कृति परम्परा अनुसार तडकभडक बिना तीज मनाउनु हिन्दु महिलाको हक भएको बताइन ।
कार्यक्रममा वडा सदस्य रत्न श्रेष्ठले तीजको अवशर पारेर गरिएको कार्यक्रम एक तिर दो निशाना भएको बताए । उनले कार्यक्रम उपयोगी भएको बताउदै सहभागी सबैलाई धन्यबाद दिए । औपचारीक कार्यक्रम पश्चात तीज बिशेष कार्यक्रममा खानपान र नाचगान भएको थियो ।

