काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य ठप्प भएको छ ।
आयोजना निर्माण हुदै गर्दा बिष्फोटक पदार्थको प्रयोगले ७ वटा घर र जग्गा क्षतबिक्षत भएको र क्षतिपुर्ती,स्थानान्तरण लगायतका बिषयमा सरोकारवाला निकायले कुनै ठोस निणय नगरेको भन्दै आयोजना बन्द गरिदिएका हुन ।उनिहरुले आफ्नो माग पुरा गर्नका लागि मन्त्रालय,आयोजना,सडक बिभागमा बर्षौदेखि ताकेता गर्दा पनि आश्वासन बाहेक केहि नपाएको गुनासो गरेका छन । सुरुङ्ग मार्ग निर्माणका क्रममा २०८० असोज १९ गते Alignment माथि घरहरु नजिक ८/ १० मिटरको गहिराई र ४/५ मिटरको गोलाइको Sinkhole परेको, २०८१ जेठ २३ गते Alignment माथि घरको आँगनमा ६७ फिट गहिराइको Sinkhole देखा परेको तर समाधान नभएको , भूगर्भबिद्को रिर्पोट अनुसार सो क्षेत्रलाई अतिप्रभाबित मा राखेको र २ बर्ष भन्दा माथि निगरानिमा राखि जमिनलाई पुननिर्माण गर्न पर्छ भनि उल्लेख गरेको भएता पनि आयोजनाले बेवास्था गरेको भन्दै भदौ १६ गते देखि आन्दोलन घोषणा गरेका हुन । यस अघि २०८० फागुनमा सुरुङ्ग मार्ग (ब्रेक थ्रू) गर्ने कार्यक्रम भएपनि स्थानियको माग सम्बोधन नभएपछि निर्माणकार्य ठप्प भएको थियो र सरोकारवालाको आश्वासन पछि काम सुचारु भई २०८१ बैसाख ३ गते सुरुङ (ब्रेक थ्रू) भएको थियो ।शुक्रबार बिहान मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतले सुरुङमार्गको स्थलगत निरीक्षण गरेका थिए ।उनले निरिक्षण गरेको पर्सिपल्ट यानिकी आइतबारदेखि निर्माणकार्य ठप्प भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्य यसरि पटक पटक ठप्प हुदै गर्दा थपियको समयमा पनि आयोजना सम्पन्न नहुने देखिन्छ ।साथै आयोजनाले पिडितको मागलाइ पटक पटक बेवास्था गर्दै आश्वासन मात्रै दिएर के कार्य सम्पन्न गर्न सक्लार ?सरोकारवाला निकाय गम्भिर बन्न जरुरि छ ।

