काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेबस्थानमा रहेको चन्दन भराटेश्वर मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
सप्ताह ज्ञान महायज्ञको पहिलो दिन बिहिबार चन्दन भराटेश्वर मन्दिर प्राङ्गणबाट सुरु भएको कलश यात्रा बालागाऊँ कुवा, मततातीर्थ मन्दिर (कुण्ड) अष्टमातृका मन्दिर–ईटाखेल कृष्ण मन्दिर हुँदै चन्दनभराटेश्वर मन्दिरमा पुगेको हो ।महायज्ञमा रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र झाँकी सहितको संगीतमय भजन लगायतका कार्यक्रम हुनेछ । पण्डित गोविन्द दाहालले कथा वाचन गर्ने महायज्ञ भदौ २८ गते सम्पन्न हुनेछ ।
जग्गा खरिद गरि जेष्ठ नागरिक दिवा सेवा भवन निर्माण गर्ने लक्ष्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको हो ।

