काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१० भैसाखोरीमा शुक्रबार राति बसले ठक्कर दिएको हो ।
कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले ठक्कर दिदाँ गैंडाकोट–११ का सात वर्षीय बालक विशाल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो ।बसको ठककर बाट घाइते भएकी बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धरलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।
उपचारको क्रममा शुक्रबार रातिनै श्रीमायाको पनि निधन भएको हो ।ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर