काठमाडौं । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले नयाँ इतिहास बनाउने क्रममा सहभागि हुन अपिल गरेका छन ।
१ सय ३० राष्ट्रको सहभागिता रहने बहिरा अपांगता भएकाहरुको प्रतिष्पर्धामा नेपालको प्रतिनिधित्व चन्द्रागिरिको चेलिले गर्ने गरि मिस युनिभर्स नेपाल २०२४ मा उनलाइ जिताउन नगरप्रमुख गिरीले भिडियो सन्देश जारी गर्दै अपिल गरेका हुन ।चन्द्रागिरि – १२ निवासी बहिरा अपांगता भएकी सुजल बम मिस युनिभर्स नेपाल २०२४ मा सहभागि भइ उत्कृष्ठ २२ मा छनोट भएकी छन । जन्म जान कान नसुन्ने र नबोल्ने भएता पनि बहु प्रतिभाशाली सुजललाइ जिताउन भोट गर्नका लागि गिरीले आव्हान गरेका हुन ।
खल्ति एपमा गएर भोटिङ अप्सनमा गएर कन्टेष्ट नम्बर ५ मा गएर सुजल बमलाइ भोट गर्नका लागि नगरप्रमुख गिरीले नगरबासी र देश बिदेशमा रहनुभएका सबैलाइ आव्हान गरेका हुन ।

