काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीका स्थानियले बिरोध प्रदर्शन गर्ने भएका छन ।

निर्माणाधिन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानियबासीहरू धेरै पिडित भएको र आवतजावतमा अप्ठ्यारो परेको उनीहरुको दुखेसो छ ।सुरुङमार्ग निर्माण आयोजना र सडक विभागमा पटक–पटक जानकारी गराउँदा पनि स्थानियको मागलाई सम्बोधन नगरिएको भन्दै नागढुङ्गा सुरुङमार्ग पिडित संघर्ष समितिले सोमबार बिहान बिरोध प्रदर्शन गर्न लागेको हो । स्थानिय बासीन्दा ८ बुँदे माग सहित बिरोध प्रदर्शन गर्न लागेका हुन ।

उनीहरुले निम्न माग राखेका छन ।

१. पानी पर्दा हुने हिलो र घाम लाग्दा उड्ने धुलोले गर्दा स्वास्थ्यमा प्रत्यक्ष रूपमा पर्ने असरलाई मध्य नजर गर्दै स्वास्थ्य बिमा गरिदिने ।
२. पौराणिक कालदेखि चलिआएको परम्परागत विभिन्न जात्रा पर्वहरु, जेष्ठ नागरिक, स्कूले बालबालिकाहरू तथा सर्वसाधारणहरू दैनिक रूपमा प्रयोग हुने बाटो अवरोध हुने देखिएको साथै सवारी साधनहरू आवत जावत गर्नको लागि कम्तीमा पनि २० फिट बाटोको ब्यवस्था गरिदिनु पर्ने ।
३. किसिपिडी च.न.पा.–०५ क्षेत्रमा सुचारू नै रहेको निर्माण कार्यलाई समय सिमा भन्दा अगाडी नै सम्पन्न गरिदिनु पर्ने ।
४. अव्यवस्थित बाटोको कारणले गर्दा कुनै दुर्घटना भएको खण्डमा यस घटनाको सम्पूर्ण जिम्मेवारी यसै आयोजनले लिनुपर्ने ।
५. यस आयोजनाबाट सूचना तथा फ्लेक्स बोर्डहरू राख्दा ठाउँको नाम “किसिपिडी च.न.पा. वडा नं. ०५“ हुनुपर्ने ।
६. धार्मिक तथा शैक्षिक कार्यको लागि बाटोमा दैनिक आवत जावत गर्नको लागि आकाशे पुलको निर्माण गरिदिनु पर्ने ।
७. यस आयोजनाको किसिपिडी सडक क्षेत्रमा दाँयाबाँया कम्तीमा ५ फिटको सडक
पेटी निर्माण गर्नुपर्ने ।
८. किसिपिडीमा रहेको स्थानिय बासीन्दाहरूलाई आयोजनाले कम्तीमा ५०% रोजगार सुनिश्चित गरिदिने ।

यस अघि पनि स्थानियले पटक पटक आफ्ना माग राख्दै गर्दा सरोकारवाला निकायले भने आश्वासन बाहेक केहि नगरेकाले बाध्य भएर बिरोध प्रदर्शनमा उत्रीनु परेको उनीहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर