काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँ नैकापले बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना हुने छ । बक्तृत्वकला प्रतियोगिताको विषय बालमैत्री वडा घोषणामा बालबालिकाको भूमिका रहेको छ ।प्रतियोगितामा सहभागि हुन वडाले वडा नम्बर १४मा रहेका बाल क्लब,बिद्यालय र वडामा बसोबास गर्ने बालबालिकालाई अनुरोध गरेको छ । प्रतियोगितामा भाग लिनका लागि भदौ २७ गते सम्म निवेदन पेश गरि नाम दर्ता गराउनु हुन वडाले सुचना प्रकाशित गरेको छ । निवेदनको साथमा जन्म दर्ता वा अन्य वडामा बसोबास खुलेको कागज र वडा क्षेत्रका बिद्यालयमा अध्यनरत तर अन्य वडाको भएमा बिद्यालयको सिफारिस पेश गर्नुपर्ने वडाध्यक्ष राज भाई महर्जनले जानकारी दिए ।
प्रतियोगिता वडा नम्बर –१४ बाईछाप वालकुमारीमा रहेको श्री मंगल माध्यामिक बिद्यालयमा भाद्र २९ गते दिउसो साढे १२ बजेदेखि संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर