काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकप (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनुहुँदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे । भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाए संगै माओवादी सांसदले बैठक अवरोध गरेका हुन् । संसद अवरोधका कारण प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ ।

