काठमाडौं ।नेपालका वरिष्ठ महिला चिकित्सकहरू सम्मानित भएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय, वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. बिमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठलाई सम्मान गरेका हुन ।
नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गरेका हुन ।

