काठमाडौं ।नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्ड २०८० मा पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।
१९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण उनलाई अवार्ड दिइएको हो । अवार्ड सहित उनले १ लाख रुपैयाँ प्राप्त गरिन् ।२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो। साथै उनी परिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् । पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन्।
पल्सर स्पोर्ट्स अवार्ड २०८० मा भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरेका छन ।

