काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।
केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो ।झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन् ।पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको नगरपालिकाको दाबी गरेको छ ।
यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा ‘आपराधिक उपद्रव’ गरेको आरोप मा जाहेरी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय