काठमाडौं । जिल्ला अदालत, काठमाडौंले व्यबसायी दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धान गर्नु पर्ने भन्दै थप पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।प्रहरीले असोज ६ गते प्रसाईंलाई भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो ।एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् ।
सोहि उजुरीको आधारमा प्रसाई पक्राउ परेका हुन ।प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय