काठमाडौं । चन्द्रागिरि–६ मा रहेको मदन भण्डारी खेल मैदानमा चन्द्रागिरि टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
बुधबार एक कार्यक्रमका बिच प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।चन्द्रागिरि क्रिकेट एशोसिएसनको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा सुदुरपश्चिम क्रिकेट टिम, हाम्रो क्रिकेट टिम, काठमाडौं वारियर्स, दहचोक क्रिकेट टिम, नैकाप किङ्गस्, स्टम्प जम्पर्स, रोयल रेन्जर्स, थानकोट वारियर्स, मैत्रीनगर क्रिकेट क्लब, पुष्पलाल स्पोर्ट्स क्लब, थानकोट क्लब र उडान शैक्षिक केन्द्र सहभागि भएका हुन ।।प्रतियोगिताको विजेताले ४० हजार,उपविजेताले २० हजार रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।हरेक खेलमा म्यान अफ दि म्याचले ट्रफी पाउनेछन ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलर,फेयर प्ले र इमर्जिङ प्लेयरले ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल खेल असोज १२ गते हुनेछ ।

