काठमाडौं । सम्भावित मनसुनी वर्षाबाट चार दिनसम्म सातवटै प्रदेश जोखिममा रहने भन्दै गृह मन्त्रालयले असोज ११ र असोज १२ गते हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विज्ञप्ति निकालेर रातिमा यात्रा गर्दा पहिरो र बाढीको आंकलन गर्न कठिन हुने जनाएको हो । अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।पहिरोको जोखिम भएका स्थान तथा नदी किनाराका वस्तीमा उच्च सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ । तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव दिइएको छ ।चट्याङ परिरहेको बेला रुखमुनी, बलेनी र घरबाहिर नबस्न भनिएको छ ।
यस्तै किसानलाई धान नकाट्न र काटिसकेको भए थन्क्याउन सुझाव दिइएको छ । विपदको पूर्वतयारी र उच्च सतर्कता अपनाइएको भन्दै प्राधिकरणले जोखिममा रहेका नागरिकलाई सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय