काठमाडौं।धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुली मरिण गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २८ का रमेश ठाडाको मृत्यु भएको हो । दिउसो १ बजेको समयमा बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनिको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।
३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो।

