काठमाडौं । चन्द्रागिरि –४ मा रहेको सरकारी अस्पताल थानकोट प्राथमिक अस्पताल सार्वजनिक बिदाको दिनमा पनि संचालनमा आउने भएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाहरुमा समेत ओ.पि.डि. लगायतका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने गरी भएको अनुरोधलाई नगर प्रमुखस्तरीय बैठकले स्वीकार गरेको हो ।अब आधारभूत अस्पताल बाट नियमित स्वास्थ्य सेवा (ओ.पि.डि. सहित) संचालन हुने छ ।
सार्वजनिक बिदा जस्तै रामनवमी,रक्षावन्धन,घटस्थापना,धान्य पूर्णिमा/उभौली पर्व, यमोरी पुन्हि, माघी पर्व माघे संक्रान्ति,महाशिवरात्री,ईद (ईद उल फित्र),जात्रा विदा, गाईजात्रा,ईन्द्रजात्रा,चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व,श्रीकृष्ण जन्माष्टमी,क्रिसमस डे,तमु ल्होसार,सोनाम ल्होसार,ग्याल्पो ल्होसार,बकर ईद (ईद उल अजहा),गणतन्त्र दिवस,सहिद दिवस,मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा,घोडे जात्रा,राष्ट्रिय प्रजातन्त्र दिवस,बुद्ध जयन्ती,पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस),अन्तराष्ट्रिय महिला दिवसमा पनि स्वास्थ्य सेवा संचालन हुने भएको प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल ले जानकारी दिए ।

