काठमाडौं । चन्द्रागिरि नगरपालिका चाडपर्वहरु लक्षित गरी शुभकामना आदान–प्रदान तथा प्रतिभाको डवली कार्यक्रम गर्न लागेको हो ।
असोज १६ गते बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा भाग लिन इच्छुक नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकले नाम दर्ता गर्न सक्नेछन । डवलीमा कविता, गित, चुट्किला, गजल, लघु कथा प्रस्तुत गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
सहभागीलाई प्रतिभा प्रष्फुटनका लागि ५ मिनेट समय उपलब्ध गराइने र नाम दर्ता असोज १४ गतेसम्म प्रशासन शाखामा गरिसक्नुपर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय