काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-गजुरी खण्डमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
गल्छी गाउँपालिकास्थित चिरौँदी खोला भन्ने स्थानमा सडक भन्दा माथिबाट सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले कारलाई धकेलेर चिरौँदी खोलामा खसालेको छ।गजुरीबाट काठमाण्डौँतर्फ आउँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोका कारण खोलामा खसेको हो । कारमा सवार चार जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइते चार जनाको उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएको छ । खोलाबाट कार सडकमा निकाल्ने प्रयास भइरहेको छ । राजमार्गमा पहिरो पन्छाउने प्रयास पनि भइरहेको छ ।
पानी परेकाले पहिरो पन्छाउन केही समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय