काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ ।
वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।
प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय