काठमाडौँ । प्रतिकुल मौसमका कारण आज आन्तरिक उडानहरू प्रभावित भएका छन् ।
लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित छन् । आजको माउन्टेन फ्लाइटहरु सबै रद्द भएका छन् ।लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेको छैन ।उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको छ ।
यद्धपि धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडानहरू भने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय