काठमाडौं । तेश्रो मातातीर्थ गोल्डकपको शुक्रबार हुने भनिएको खेल स्थगित भएको छ ।
गए राती देखिको निरन्तरको वर्षाका कारण खेल मैदान जलमग्न भएपछि खेल स्थगित गरिएको हो ।शुक्रबारबाट मातातीर्थ गोल्डकपको दोश्रो चरणका खेलहरु सुरु हुने भनिएको थियो । प्रतिकुल मौषमका कारण खेल स्थगित गर्नू परेको र स्थगित भएका खेल कहिले खेलाउने भन्ने बिषयमा मौषमको अनुकुलता हेरी निर्णय गरिने आयोजक मातातीर्थ संरक्षण तथा बिकास संस्थाका अध्यक्ष शान्ता उदासले जानकारी दिए । शुक्रबार दोश्रो चरणका २ खेल हुने तालिका थियो ।
दिउसो १ बजे किसिपिडी युवा क्लब र सिद्धिकालि युवा क्लब बिच प्रतिष्पर्धा हुने र दिउसो ३ बजे दि हिलिङ क्लब र भार भिजन युथ क्लब बिच प्रतिष्पर्धा हुने खेल तालिका रहेको थियो ।

