काठमाडौं ।प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।
उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा प्रदान गरिने योजना सार्वजनिक गरेको हो ।सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने भएको छ । साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्येक दिन गरिने छ ।कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोक सहित १२ वटा टिकट काउन्टरमा पनि प्रहरीको निगरानी रहने छ ।
भिडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गर्ने छ ।दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७ सय ६५ जना प्रहरी परिचालन गरिने । काठमाडौंको सुरक्षा व्यवस्थामा घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय