काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा भासिएको सडक मङ्गलबार रातभर बन्द हुने भएको छ ।
सडक बन्द गरेर मर्मत गर्न लागिएको हो । करिब ४ मिटर सडक साढे १ फिट भासिएको छ । भासिएको सडकमा माटो र गिटी भरेर बेस तयार गरी सडक सुरु गरिएको हो । लगातार दुई दिनसम्म परेको वर्षाले गलेको सडक भासिएको थियो । सडक भासिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरू दुम्किबासमा र पश्चिमबाट पूर्व जाने गाडीहरू बर्दघाटमा रोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीरले तत्काललाई सडकमा सवारी साधन सञ्चालनमा आए पनि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्मलाई सडक बन्द गरेर मर्मत गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय