काठमाडौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ बाझाँचौरमा एकै रात दर्जनौ घरमा चोरी भएको छ ।
सोमबार मध्यरातमा उक्त क्षेत्रको १०/१२ घरमा चोरी भएको हो । चोरले घर बाहिर राखिएका तामाका कलश,दियो लगायतका समान चोरेको हो । चोरी भएको एक घरको सिसि क्यामरामा कैद भएको दृष्य अनुसार सेतो ट्रयाकसुट लगाएको,टाउकोमा क्याप लगाएको ब्यक्तिले बिरालो चालमा आएर चोरी गरेको देखिएको छ ।चोरी भएको घटनाबारे प्रहरीलाइ जानकारी गराइएको छ ।
तर अहिलेसम्म चोरको पत्ता भने लागेको छैन ।

