काठमाडौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा बिहिबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो ।
बिपत्तमा परेको व्यक्तिहरुका लागि ब्लड बैकमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो । फ्रेण्डस क्लब बलम्बुको आयोजनामा हुने रक्तदान कार्यक्रम असोज १७ गते घटस्थापनाको दिन बिहान १० बजेदेखि दिउसो २ बजेसम्म क्वाथः मैदान बलम्वुमा हुनेछ ।कार्यक्रममा रक्तदान गर्न हौसल्ला प्रदान गर्ने उद्देश्य अनुरुप जिवनमा पहिलोपटक रक्तदान गर्ने ब्यक्ति र रक्तदान गर्ने दम्पतिलाइ मायाको चिनो प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
ब्लड डोनर्स एशोसियसनको आव्हानमा कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय