काठमाडौं । काठमाडौ जिल्ला प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य बुधबार चन्द्रागिरि आएका हुन ।
अबिरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाइ राहत रकम प्रदान गर्न उनी चन्द्रागिरि आएका हुन । उनले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार बिपदमा परेर मृत्यु भएका परिवारको घरघर गएर राहत रकम प्रदान गर्ने निति अनुरुप मृतक परिवारलाइ नगद २ लाख २० हजार नगद प्रदान गरेका थिए ।चन्द्रागिरि नगरपालिकामा बिपदमा परी ३ जनाको निधन भएको हो । वडा नम्बर २ मसिनेमा पहिरोमा परि गर्वे तामाङ र उनकी श्रीमती सविना तामाङको निधन भएको थियो भने वडा नम्बर १ का नरेन्द्र खत्रीको झ्याप्ले खोलाको पहिरोमा परि मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी आचार्यले स–शस्त्र अस्पताल सतुंगलमा पुगी तमाङ परिवारलाई राहत रकम प्रदान गरेका हुन ।पहिरोमा परी घाइते भएका तामाङ परिवारको स–शस्त्र अस्पताल सतुंगलमा उपचार भइरहेको छ ।
राहत रकम प्रदान गर्दा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एबं वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खडगी,वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष चन्द्रकुमारी बस्नेत वडा सदस्य लव सुबेदी,वडा नम्बर ११ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठ,थानकोट बृत्तका डिएसपी सुर्यप्रकाश सुवेदी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय