काठमाडौं । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैं भोलीबाट सुरु हुदैछ ।
बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ । घटस्थापना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय