काठमाडौं । मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ राष्ट्रिय उद्वार यात्रा,२०८१ को शुभारम्भ गरेका हुन । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरे ।उनले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह समेत गर ।आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए ।
सो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

