काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २६ गते) देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको हो ।
महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशको पूरै क्षेत्रबाट मनसुन बाहिरिएको हो । योसँगै मनसुन देशैभरबाट बाहिरिएको छ । यसअघि बागमतीदेखि पश्चिमका सबै प्रदेशबाट मनसुन बाहिरिएको थियो । आजदेखि मनसुन सिजन सकिएर पोस्ट मनसुन सुरु भएको छ ।
पोस्ट मनसुनमा खासै पानी पर्दैन, हल्काफुल्का कहिलेकाहीँ वर्षा हुन्छ, गर्मी पनि हुँदैन, धेरै जाडो पनि हुँदैन, मौसम सुक्खा खालको हुन्छ ।

