काठमाडौं । विजया दशमी अन्तर्गत आज मुख्य दिन बडादशैँ हो ।
आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ । बडादशैँको शुभ साइतमा टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११ः३६ बजेको उत्तम साइत कुरेर अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाए । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका छन्।ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने भएका छन्।
प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय