काठमाडौ । लमजुङको सारिङबाट सदरमुकाम बेसीसहर जाने क्रममा यात्रुवाहक जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ। उनीहरूको टाउकोमा चोट छ। बाँकी घाइतेहरूको उपचार बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
ग १ ज ८५५१ नम्बरको जिप बिहान ११ः२० बजे मकैडाँडा मोड भन्ने स्थानमा दुर्घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय