काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २० गते मंगलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।
आरोहीहरूको शव करिब सात हजार एकसय मिटरको उचाइमा ७ दिन दिन देखि अलपत्र छ ।प्रतिकुल मौसम र कठिन भूगोलका कारण मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो ।प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा शव भेटिएकाले ल्याउन समस्या भएको प्रहरीको भनाई छ ।
आरोहणमा गएका अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई करिब ७ हजार एकसय मिटर उचाइमा गत मंगलबार मृत फेला परेका थिए ।

