काठमाडौं । त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डमा यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु १२ वर्षिया रिकु थिङ घाइते भएकी थिइन् । मकवानपुरगढी गापा ८ की १२ वर्षिया थिङको मृत्यु भएको हो ।
हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको हो ।

