काठमाडौं । हात्तीको आक्रमणमा परी बारामा एकजनाको मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको मृत्यु भएको हो ।आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।
अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएका थिए ।

