काठमाडौं । आज दशैंपछिको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ ।
कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो ।आजबाट सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।यस वर्ष कोजाग्रत पूर्णिमा भोली असोज ३० गते बुधबार परेको छ ।
कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय