काठमाडौं । सुर्खेतको लेकबेँसी–२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर मंगलबार अपरान्ह गोकर्णेश्वर–६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा भेटिएका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराईलाई पक्राउ गरेको हो ।

