काठमाडौं ।प्रशंग हो आज भन्दा ४५ बर्ष अघि,२०३६ सालको । काठमाडौं जिल्लाको पश्चिम भेगका वासिन्दाको लागि तत्कालिन अवस्थामा शिक्षा आर्जनका लागि एक मात्र गन्तव्य थियो थानकोटमा रहेको मंगोलदय माध्यामिक बिद्यालय ।

साढे ४ दशक अगाडि उक्त बिद्यालयबाट एस एल सि दिएका छात्र छात्रा शनिबार चन्द्रागिरि १ इन्द्रदहमा भेटघाट गरेका हुन ।थानकोट,मातातीर्थ,बलम्वु,सतुंगल नैकाप,दहचोक लगायतका स्थानबाट मंगोलदय मा.बि मा पढन आउने गरेका थिए ।मंगोलदय मा.बि.बाट ४५ बर्ष अगाडि एसएलसी दिएका तिनै छात्रछात्रा अहिले चन्द्रागिरि र नेपालकै बिभिन्न क्षेत्रमा दिग्गजता हासिल गरेका छन । प्रोफेसर,डाक्टर,ईन्जिनियर,फौजी,बिभिन्न पदमा रहि कार्य गरेका प्रशासनिक व्यक्तित्व,बेङ्कर्स, श्रमजिवि मजदुरहरुका नेता ,नगरपालिकाका वडाध्यक्ष,प्रवक्ता,समाजसेवि लगायत बिभिन्न पदमा रहि कार्य गरेको अनुभव कार्यक्रममा साटासाट गरेका थिए ।विक्रम संवत २०३६ मा मंगोलदय मा.बि.बाट एसएलसी दिएका बिद्यार्थीहरुले नगरक्षेत्रको खानेपानी व्यवस्थापन,शैक्षिक क्षेत्रको स्तरउन्नती,स्वास्थ्य क्षेत्र,आर्थीक क्षेत्र लगायतमा गरेका योगदान अविष्मरणीय रहेका छ ।कार्यक्रममा उक्त समयमा शिक्षा प्रदान गर्नुहुने गुरुबर्गलाइ सम्मान गरिएको थियो । गुरुहरुले साढे ४ दशक अघिका आफ्ना बिद्यार्थीहरुले अहिले सम्म हासील गरेको सफलताले सुशी बनाएको बताउनु भयो । सबैको पैशाको सम्मान गर्दै ति बिद्यार्थीले समाज र राष्ट्रको लागि पुर्यायको योगदानले आफु पनि सफल भएको महसुस भएको गुरुहरुले बताउनु भयो । कार्यक्रमको संयोजन कृष्णप्रसाद खड्गीले गरेका हुन ।

२०३६ सालमा मंगोलदय मा.बि. बाट ३ जना छात्रा सहित ३३ जनाले एसएलसी दिएका थिए । चन्द्रागिरि १ इन्द्रदहमा भएको भेटघाटले मंगोलदय मा.बि एसएलसी २०३६ ब्याचले सामुहिक रुपमा होष्टल निर्माण गर्ने र बिभिन्न पैशा र व्यबसायमा आवद्य भएकाहरुको योगदान रहने बिषयमा छलफल गरेको छ ।

