काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को नयाँनैकाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भुमिगत पानी (डिप बोरिङ्ग) गरिरहेको छ ।
वडामा एउटै मात्र खानेपानी उपभोक्ता समिति छ जुन २०६० सालमा स्थापना भएको हो । सोही समितिले वडाका करिव २६ सय घरघुरीलाई समान दरमा समान पानी बितरण गरिरहेको छ । वडामा झण्डै ६ सय घरघुरीमा खानेपानीको पाइपलाइन बिस्तार गर्नुपर्ने भएकाले श्रोत सुनिश्चित गरिएको हो ।
अहिले नैकाप फुटबल मैदान भन्दा ३ सय मिटर पश्चिम पट्टी बिजुलिबजार भन्ने स्थानमा बोरिङ्ग भइरहेको हो । वडाको वालकुमारी क्षेत्रमा पाइपलाइन बिस्तार गर्नुपर्ने बताइएको छ । बोरिङ्ग गर्न र पानी टंकी बनाउन समितिले आफ्नै श्रोतमा अहिले बोरिङ्ग भइरहेको जग्गा करिव ८ बर्ष अघि खरिद गरेको थियो ।
८ इन्चको पाइपलाइन रहेको बोरिङ्गमा अहिले सम्म २० मिटरका २० वटा पाइप हालिसकेको र अझै कडा चट्टान न भेटिएकाले थप कतिवटा पाइप जाने भन्ने बारे एकिन भइसकेको छैन ।प्रदेश सरकारको क्रमागत बजेटबाट बोरिङ्ग भइरहेको हो ।

